अशोक महत
साउन २७ काभ्रे ।काभ्रेको बनेपाबाट चंन्डेनी तर्फ जादै गरेको बा २ छ ६१४७ नम्बरको महिन्द्रा जीप आज दिउसो २ बजेको समयमा काभ्रेको जैसीथोक –१ स्थित मसारे भीरबाट खस्दा १ जनाको घटना स्थलमा नै मृत्यु भएको छ। साथै अन्य दुई जना घाइते भएका छ।
कटहर लिन चंन्डेनी तर्फ जादै गरेको उक्त जीप सडकबाट दुई सय मिटर तल खस्दा चंन्डेनीका ३० वर्षिय कार्पो तामांङको घटना स्थलमा नै मृत्यु भएको हो। साथै चंन्डेनीका १५ वर्षिय बिराश तामांङ र जीपका चालक अन्दाजी २७ वर्षिय मनोज तामांङ घाइते भएका छ। घाइतेहरुको उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल लागिएको छ। मृतक कर्पो तामांगको शवलाई पोस्टमार्टमको लागि बनेपाको शीर मेमोरियल अस्पताल लागिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानाएको छ।
चालकले नियन्त्रण गुमाउदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।