दीपक धिताल,
साउन २७ धुलिखेल । धुलिखेल कांग्रेस केन्दी्रय सदस्य तथा पुर्व गृहमन्त्री खुमबहादुर खड्काले अहिले मुलुक भयानक गृहयुद्ध कि त शान्त्ति प्रकृयामार्फत अगाडी बढ्ने दोधारमा रहेको बताउनु भएको छ । काभ्रेको पाँचखालमा सम्पन्न काग्रेसको ४ नं. क्षेत्रको सम्मेलनलाई सम्बोधन गर्दै खड्काले अवको नेतृत्व काग्रेसले लिए मात्र शान्त्ति प्रकृया तथा संविधान निर्माण कार्य पुरा हुने दावी गर्नुभयो ।
काग्रेसको काँधमा शान्त्ति प्रकृया तथा संविधान निर्माण कार्य पुरा गर्ने जिम्मेवारी रहेकाले पनि अवको नेतृत्व कांग्रेसले नै पाउने दावी समेत गर्नुभयो । महाधिवेसनबाट प्राप्त परिणामलाई सबैले आत्मसाथ गर्दै अगाडी बढ्नु पर्ने खड्काको धारण थियो ।