खोटाङमा बसपार्क निर्माणका लागि पाँच स्थानमा निशुल्क जग्गा प्राप्त

 साउन २६ खोटाङ। खोटाङ सदरमुकाम दिक्तेलमा बसपार्क निर्माणका लागि पाँच स्थानमा निशुल्क जग्गा प्राप्त भएको छ । जिल्ला विकास समितिले बसपार्क निर्माण गर्नका लागि उपयुक्त ठाउँको जग्गा निशुल्क दिन आव्हान गरेपछि दिक्तेल आसपासका पाँच स्थानमा जग्गा प्राप्त भएको जिल्ला विकास समिति खोटाङका निमित्त स्थानीय विकास अधिकारी भुवन कार्कीले बताउनुभयो । उहाँका अनुसार दिक्तेल–४ का मीनाकुमारी आचार्यसहित पाँच जनाले बसपार्क निर्माणका लागि दिक्तेमै निशुल्क जग्गा दिनुुहुने भएको छ ।

 यस्तै, दिक्तेल–४ का पर्शुराम आचार्य समेतले सरकारी वकिल कार्यालयमुनीको जग्गा दिनुहुने भएको छ । बाम्राङ–६ का चन्द्रबहादुर खत्री र रोहित खत्री, दिक्तेल–२ का लालबहादुर खत्रीसहित तीन जना र बाम्राङ–७ का चन्द्रबहादुर थापाले पनि निशुल्क जग्गा दिनका लागि जिल्ला विकास समितिमा आवेदन दिनु भएको छ ।

 प्राप्त भएका जग्गाहरुमध्ये उपयुक्त र पायक पर्ने स्थानमा बस पार्क निर्माणका लागि पहल सुरु गरिने निमित्त स्थानीय विकास अधिकारी कार्कीले बताउनुभयो ।

Leave a Reply