इलामको सुलुवुङ्ग ६ की ९ वर्षिया बालिकाको हत्या

असोज १२ इलाम । इलामको सुलुवुङ्ग ६ की ९ वर्षिया बालिका रोजिना गहतराजको हत्या भएको छ । हिजोदेखि हराएकी रोजिना राति अवेरसम्म घरमा नआएपछि परिवारले खोजी गर्ने क्रममा उनलाई घर नजिकैको वाँसघारीमा बोरामा हालेर फालिएको अवस्थामा बिहान फेला परेको स्थानिय बन्दुके प्रहरि चौकीले जनाएको छ । 

मृतक बालिकाको योनिबाट रगत बगेकोले उनलाई बलात्कार पछि हत्या गरेर फालेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । घटनापछि प्रहरीले अनुसन्धानका लागि गहतराजका छिमेकि प्रदिप थापा र युवराज थापालाई नियन्त्रणमा लिएको छ ।


Leave a Reply