रक्षामन्त्रीको अभिव्यक्ती राष्ट्र विरोधी भएको कमल थापाको आरोप

असोज १२ काठमाडौ । रा .प्र.पा नेपालका अध्यक्ष कमल थापाले चारवुदँे सहमतीले राष्ट्रिय एकता र अखण्डता गंम्भीर आच पुग्ने सम्भावनालाई रक्षामन्त्रीको विवादास्पद भनाईले अझ वल पुगेको र २०६२/६३ को जनआन्दोलनवाट ठुला भनिएका राजनीतिक दलहरु नै हाम्रो राष्ट्रियता र अखण्डतालाई कमजोर वनाउने तर्फ लागिरहेको वताएका छन् । विहिवार मिर्मिरे मिडिया क्लव द्धारा आयोजित एकल साक्षात्कार कार्यक्रममा अध्यक्ष थापाले उक्त कुरा वताएका हुन् ।


कुनै पनि वाहनामा हिमाल पहाड तथा मधेश जहाँ सुकै रहेका भए पनि आम नेपालीहरु विखण्डनको विपक्षमा रहेका छन् । त्यसमा पनि मधेशका जनता राष्ट्रियताको सवालमा अझ सशक्त रुपमा उभिने र मधेशको विषयलाई लिएर रक्षामन्त्रीको विखण्डनकारी कपोकल्पीत पदीय आचरण विपरीतको भनाई हाम्रो राष्ट्रियतालाई कमजोर वनाउने योजना वद्ध रण्नीतिकै रुपमा आएको वताए । 

विवादस्पद भनाईहरु सार्वजनिक गरेर त्यसको खण्डनमण्डनको कुनै अर्थ नरहने हुनाले यस विषय प्रधानमन्त्री डा. वावुराम भट्टराईको ध्यानाकार्षण गराउदै  यउहाँको धारणा आउनुपर्ने वताउनु भए  । मंसिर १४ संविधान जारी गर्ने र ४५ दीन भित्र शान्त्रि प्रक्रिया टुंग्याउने प्रधानमन्त्रीको भनाई अमेरीका वाट फर्केपछि फेरिएको वताउदै मंसिरमा संविधान जारी हुन नसक्ने र राजनीतिका सहमती भए मात्र शान्तिप्रक्रिया टुंग्याउन सकिने भन्दै  आफ्नो अडानमा अडिन नसक्नु भएका प्रधानमन्त्रीको अन्र्तज्ञान कतै अमेरीकामै पाउनुभएको हो की यो  प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्नें वताउदै अध्यक्ष थापाले मुलुकमा व्रम्हलुट गर्दे यथा स्थितिमा तर्दथवादलाई कायमा राख्न संविधान सभाको म्याद थप्ने प्रयास प्रति असहमी जनाए ।

Leave a Reply