दमकवाट लागु पादार्थ गाजासहित एक महिला पक्राउ


असोज २९ झापा । झापाको दमकवाट लागु पादार्थ गाजासहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भोजपुरको खैराङ घर भई हाल दमक नगरपालिका ८ मा डेरागरी वस्ने ३५ की नरमाया तामाङ रहेकी छन् ।

इलाका प्रहरी कार्यालय दमकले दिएको जानकारी अनुसार तामाङको कोठाबाट हिजो अपरान्ह १ किलो ७ सय ग्राम गाजा समेत वरामद गरिएको हो ।

तामाङ लागु पदार्थ ओसारपसार तथा विक्रीमा सम्लग्न रहेको प्रहरीको प्रारम्भीक अनुसान्धानवाट देखिएको जनाइएको छ ।

Leave a Reply