विर्तामोडको एक पसलमा भएको आगोलागीबाट १२ लाख रूपैंया बराबरको सामान जलेर नष्ट


असोज २९ झापा । झापाको विर्तामोडको एक पसलमा भएको आगोलागीबाट १२ लाख रूपैंया बराबरको सामान जलेर नष्ट भएको छ ।अनारमनि–४, विर्तामोडका नारायण थापाको घरमा धाइजन–१ का प्रेम खड्काले संचालन गरेको फेन्सी पसलमा आज राति पौने २ बजे सो आगोलागी भएको हो ।

प्रहरीले उक्त आज राति पौने २ बजे स्थानीय बासिन्दा र दमकलको सहयोगमा नियन्त्रण गरेको थियो । आगोलागीले सो पसलका छेउछाउका अन्य पसलहरूमा समेत सामान्य क्षति गरेको प्रहरीले जनाएको छ । विद्युत सर्ट भएर आगोलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान भएपनि यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

Leave a Reply