असोज २८ झापा । गरामनी गाविस-४ की १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा सोही स्थानका २५ वर्षीय नविन गुरागाईविरुद्ध जिल्ला प्रहरी कार्यालय झापाले जिल्ला अदालत भद्रपुरमा जबरजस्ती करणी गरेको मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।
आरोपी गुरागाईले गत विहीवार गते पीडितको घर नजिकैको रहरबारीमा लगेर बलात्कार गरेको तथा गत मंगलबार दिउँसो पनि पुनः बलात्कार गर्न लाग्दा गाउँलेहरूले समातेर प्रहरीमा बुझाएका थिए । आरोपीलाई हाल जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखि कानूनी कारबाही अघि बढाइएको सई यादव गौतमले बताएका छन् ।
पीडितको बुधबार नै मेची अञ्चल अस्पतालमा मेडिकल जाँच भएको प्रहरीले जनाएको छ । पीडित बालिकाले आफूले न्याय पाउने कुरामा आशावादी भएको जनाइन् ।