गैरआवासीय नेपाली संघको अध्यक्षमा जीवा लामिछाने निर्विरोध निर्वाचित


असोज  २७ काठमाडौँ । गैरआवासीय नेपाली संघको नयाँ अध्यक्षमा जीवा लामिछाने निर्विरोध निर्वाचित भएका छन् । उनका प्रतिद्धन्द्धी देबमान हिराचनले आफ्नो उमेदवारी फिर्ता लिए पछि लामिछाने निर्विरोध निर्वाचित भएका हुन । उमेदवारी फिर्ता लिएका हिराचनलाई संरक्षकमा राखिने भएको छ । निर्विरोध निर्वाचित अध्यक्षले लामिछानेले समेत सो कुराको प्रतिबद्धता यसअघिनै ब्यक्त गरिसकेका छन् । हिराचन पूर्व अध्यक्ष हुन ।

त्यसैगरी मध्यपूर्वबाट युएइमा लोकनाथ सुवेदी र उत्तरअमेरिकी क्षेत्रको उपसंयोजकमा रामचन्द्र खरेल निर्विरोध भइसकेका छन् ।     महिला संयोजकमा अस्ट्रेलियाकी रञ्जु थापा र मन खत्री निर्विरोध निर्वाचित भइसकेका छन् ।

बीस पदमध्ये उपाध्यक्षमा पाँचजनाको उम्मेदवारी परेको छ भने सचिवका लागि तीनजनाले उम्मेदवारी दिएका छन् ।  उपाध्यक्षका लागि हितमान गुरुङ, रामेश्वर झा, रतन झा, रुद्र शर्मा र चन्द्रप्रसाद सापकोटाले उम्मेदवारी दिएका छन् । त्यसैगरी महासचिवमा तेन्जी शेर्पा, विष्णुमाया परियार र कुमार बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् ।

सचिवमा युवराज गुरुङ, सुवास अधिकारी र टिबी कार्की तथा कोषाध्यक्षमा गोवा कटुवाल र कुमार भट्टले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्रीय संयोजक र उपसंयोजकमा भने निर्विरोध निर्वाचन भइसकेको छ ।  उत्तर अमेरिकी क्षेत्रीय संयोजकमा क्यानडाका द्रोणप्रसाद रसाइली र  अमेरिकाका मूकेशकुमार सिंह, युरोप संयोजकमा बेल्जियमका सुदामा लम्साल र जर्मनीका कुमार पन्तको उम्मेदवारी परेको छ ।

यसैगरी उपसंयोजकमा बेलायतका लक्ष्यबहादुर गुरुङ र जर्मनीका विजय मोक्तान, मध्यपूर्वबाट साउदी अरबका धर्मबहादुर केसी र कतारका नरेन्द्रबहादुर मगर, एसिया प्रशान्तबाट जापानका राजन प्रधानाङ्ग र हङकङका उमा गुरुङ तथा उपसंयोजकमा हङकङका कृष्णबहादुर पाण्डे र दक्षिण कोरियाका गङ्गाराज राईले उम्मेदवारी दर्ता गराएका छन् । एसिया क्षेत्रको उपसंयोजकमा अस्ट्रेलियाका निरज श्रेष्ठ र ध्रुव सुवेदीको उम्मेदवारी परेको छ ।

Leave a Reply