दमकमा भएको सवारी दुर्घटनामा एक युवतीको घटनास्थलमै मृत्यु

असोज ३० झापा।  झापाको दमकमा आज मध्यान्ह्र भएको सवारी दुर्घटनामा एक युवतीको घटनास्थलमै ज्यान गएको छ । ताप्लेजुङ जिल्ला घर भई हाल इलामको लारुम्वा वस्दै आएकी वर्ष २३ की मनिता थेवेको दुर्घटनामा ज्यान गएको इलाका ट्राफिक प्रहरी कार्यालय दमकले जनाइएको छ ।

वा १० प २५८३ नम्वरको मोटरसाइकललाई को १ ख १८०३ नम्वरको वसले ठक्क दिँदा दुर्घटना भएको थियो ।
वा १० प २५८३ नम्वरको मोटरसाइकललाई दमक १० स्थित पूर्वपश्चिम राजमार्गको छेउमा रहेको सगरमाथा पेट्रोलपम्पमा तेल हालेर निस्कने क्रममा दिउँसो १२ वजे को १ ख १८०३ नम्वरको वसले ठक्कर दएको थियो ।

ठक्करवाट मोटरसाइकलको पछाडी रहेकी थेवेको घट्ना स्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । चालक दमक ३ निवासी शिवरात्री लिम्वु भने सकुशल रहेको जनाइएको छ ।

Leave a Reply