असोज २८ इलाम ।छिमेकीको हत्या गरेको अभियोगमा प्रहरीले इलामको पञ्चकन्यामा एक महिलालाइ पक्राउ गरेको छ । पञ्चकन्याका ४८ वर्षीय प्रेम बहादुर राईको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँकी चन्द्रकला राईलाई प्रहरीले पक्राउ गरेको हो ।
अभियुक्त चन्द्रकलाले गत विहीबार साँझ साढे पाँच बजे काम विषेशले आफ्नो घरमा आएका प्रेम बहादुरलाइ कुटपिट गरी गम्भीर घाइते बनाएकी थिइन् । घाइते प्रेम बहादुरको उपचारको क्रममा भोलिपल्ट अर्थात् हिजो शुक्रबार मृत्यु भएको इलाम प्रहरीले जनाएको छ ।