१७ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनएको पाँचौ विश्व सम्मेलन सकि


असोज २८ काठमाडौं। १७ बुँदे घोषणापत्र जारी गर्दै गैरआवासीय नेपाली सङ्घ एनआरएनए को पाँचौ विश्व सम्मेलन राजधानीमा सकिएको छ । सम्मेलनले जीवा लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्ष पदका प्रत्यासी निवर्तमान अध्यक्ष देवमान हिराचनले अन्तिम अवस्थामा आफ्नो उम्मेद्वारी फिर्ता लिनुभएपछि लामिछाने आगामी दुई वर्षका लागि निर्विरोध निर्वाचित हुनुभएको हो । 

अन्य  पदका लागि भएको चुनावको नतिजाअनुसार उपाध्यक्षमा रामेश्वर शाह र हितमान गुरुङ महासचिवमा तेन्जी शेर्पा विजयी हुनुभएको छ । यसैगरी सचिवमा टीबी कार्की र कोषाध्यक्ष पदमा भवन भट्ट निर्वाचित हुनुभएको छ । नवनिर्वाचित अध्यक्ष लामिछानेले सङ्घको प्रवक्तामा बेलायत निवासी डा. हेमराज शर्मालाई नियुक्त गर्नुभएको छ ।

सम्मेलन समापनका अवसरमा जारी काठमाडौं घोषणापत्रमा सरकारले घोषणा गरेको लगानी वर्षको प्रस्तावबाट आफूहरु उत्साहित भएको र सामुहिक लगानीका लागि तयार रहेको उल्लेख गरिएको छ । यसैगरी बैदेशिक  रोजगार नीतिमा परिमार्जन गर्न सरकार गैरआवासीय सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घसँग सहकार्य गरी पहल गरिने वैदेसिक रोजगारीलाई सुरक्षित मर्यादित र व्यवस्थित गर्न पहल गरिने पनि घोषणापत्रमा उल्लेख गरिएको छ । 

सङ्घको अर्को विश्व सम्मेलन दुई वर्ष पछाडि काठमाडौंमा नै गरिने भएको छ।

Leave a Reply