सभासद्को टोली ताप्लेजुङमा


ताप्लेजुङ, १७ कात्तिक । संविधानसभाको महिला बाल बालिका र समाज कल्याण समितिअन्तर्गत जातीय भेदभाव छुवाछूत समस्या र समाधानका उपाय अध्ययन गर्न गठित उपसमिति स्थलगत अध्ययनका लागि ताप्लेजुङ आइपुगेको छ ।

सभासद् बिनोद पहाडीको नेतृत्वमा आएको सभासद्हरूको टोलीले जिल्ला प्रसासन कार्यालयमा जातीय भेदभाव र छुवाछुत समस्याका सम्बन्धमा जिल्लाको वस्तुस्थितिबारे छलफल गरेको छ ।

छलफलमा जिल्लास्थित राजनीतिक दल, सङ्घसंस्था, कार्यालय प्रमुखसहित दलित अधिकारका क्षेत्रमा क्रियाशील सङ्घ सस्थाका पदाधिकारीको उपस्थिति थियो ।
     
 छलफलका लागि अग्रिम सूचना नभएको कारण कसैलाई खबर गर्न नसकिएकाले छलफलमा न्यून मात्रै सहभागिता रहेको सहायकप्रमुख जिल्ला अधिकारी चिरञ्जीवी सापकोटाले बताउनुभयो ।

यसैबीच, सभासद्हरूको टोलीले जिल्ला विकास समिति पाँचथरको सभाकक्षमा बुधबार जातीय भेदभाव र छुवाछुत समस्याका सम्बन्ध सरोकारवाला पक्षहरूसँग छलफल गरेको थियो ।

Leave a Reply