कार्तिक १६ इलाम । इलाम सदरमुकाममा स्थापना भएको अमेरिकन कर्नर पुस्तकालयको संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ र नेपालका लागि अमेरिकी राजदूत स्कट एच. डेलिसीले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।
अमेरिकी राजदुततावासको सहयोगमा स्थापना भएको पुस्तकालयको उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष भवानी राणा, इलामका राजनैतिक दलका नेता, कार्यालय प्रमुख र ठुलो संख्यमा सर्वसाधारणको उपस्थिति थियो ।