भूकम्प पीडितलाई लायन्स क्लवको सहयोग



कार्तिक २२ इलाम  । असोज १ गते गएको भुकम्पबाट प्रभावित भएका पाँचथर र ताप्लेजुङ्गका ६ सय परिवारलाई लायन्स क्लव अफ इन्टरनेशनलले राहत वितरण गरेको छ ।

लायन्स क्लव अफ इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए ले दुई जिल्लाका ६ सय परिवारलाई कम्वल र चामल राहतको रुपमा वितरण गरेको हो । भुकम्पबाट ताप्लेजुङ्ग र पाँचथर जिल्लामा करिव २२ सय घरमा क्षति पुगेको छ । ९ सय घर पूर्ण रुपमा क्षति भएको र १३ सय घर चर्किएर जोखिममा रहेको राहत टोलीले जनाएको छ । टोलीले पाँचथर र ताप्लेजुङ्गका ६० प्रतिशत विद्यालय भत्किएको जनाएको छ ।

 लायन्स क्लवको अन्तराष्ट्रिय रिलिफ फण्डबाट प्राप्त १२ लाख रुपैंया राहत वितरण गरिएको र अन्य जिल्लामा थप १२ लाख रुपैंया राहत वितरण गर्ने योजना रहेको बताईएको छ । राहत वितरणमा पुर्वाञ्चल उद्योग वाणिज्य संघले समेत सहयोग पुर्‍याएको छ ।

Leave a Reply