ढुङ्गेललाई माफी दिने मन्त्रिपरिषद्को निर्णय फिर्ता लिन आग्रह


 कात्तिक ३०,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माले–समाजवाद) ले सभासद बालकृष्ण ढुङ्गेललाई माफी दिने मन्त्रिपरिषद्को निर्णय तत्काल फिर्ता लिन सरकारसँग आग्रह गरेको छ । 

सो पार्टीले आज यहाँ पत्रकार सम्मेलन गरी शान्ति र संविधानको बाँकी काम पूरा गर्न राष्ट्रिय सहमतिको वातावरण बन्दै गइरहेका बेला सरकारले ढुङ्गेललाई माफी दिने गैरजिम्मेवार निर्णय गरेको भन्दै उक्त निर्णय फिर्ता लिन आग्रह गरेको हो । 

पत्रकार सम्मेलनमा अध्यक्ष जगतबहादुर बोगटीले शान्ति र संविधानका लागि गरिएको सातबुँदे सहमति मङ्सिर ७ गतेभित्रै गरिनुपर्ने भन्दै प्रधानमन्त्रीले पटकपटक मन्त्रिपरिषद् विस्तार गर्दै जानु सहमति विपरीत भएको टिप्पणी गर्नुभयो । 

सरकार निर्माणका क्रममा गरिएको चारबुँदे सहमतिमा उल्लेख गरिएको दस हजार मधेसी युवालाई सेनामा सामूहिक प्रवेश गराउने निर्णय आपत्तिजनक भएको उहाँको भनाइ थियो । 

Leave a Reply