इलाम सदरमुकाम मै हृदयाघातका कारण कर्मचारीको ज्यान गयो



मङ्सिर ७ इलाम । कार्यालय आउँदै गरेका एक सरकारी कर्मचारीको इलाम सदरमुकाममा बाटैमा आकस्मिक निधन भएको छ । इलाम नगरपालिका ४ गोलाखर्क निवासी जिल्ला प्रशासन कार्यालय, इलाममा कार्यरत ५२ बर्षिय नायब सुव्वा काशीनाथ निरौलाको निधन भएको हो । 

घरबाट गाडी चढेर बसपार्कसम्म आएका उनी त्यहाँ हिँडेर कार्यालयतर्फ आउँदै गर्दा हिजो बिहान साढे दश बजे दूरसञ्चार कार्यालय नजिकै मृत्यु भएको कार्यालयले जानकारी दिएको छ ।

हृदय रोगबाट पिडीत निरौला गंगालाल हृदय रोग केन्द्रमा उपचाररत रहेका पारिवारिक श्रोतले जनाएको छ । उनका माता, पिता, एक छोरा र तीन छोरी छन् ।

Leave a Reply