पर्यटकीय स्थल कन्याम फोहोरमैलाका कारण दुर्गन्धित बन्दै



मङ्सिर ८ इलाम। इलामको पूर्वी पर्यटकीयस्थल कन्याममा फोहोरमैला बढेका कारण दुर्गन्धित बन्दै गएको छ । जिल्ला विकास समिति इलामको वातावरण उप-समितिले फोहोरमैला व्यवस्थापन गर्ने भनिएपनि अझैसम्म काम नहुँदा पर्यटकीयस्थलमा यस्तो समस्या बढ्दै गएको हो । 

दैनिक सयौंको समुहमा वनभोज खान र मनोरञ्जन गर्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकद्वारा मिल्काइएको फोहोरले कन्याम दुर्गन्धित बन्दै गएको हो ।

वनभोज स्थलका रुपमा परिचित प्राकृतिक दृष्टिकोणले सुन्दर पूर्बी इलामको कन्याममा फोहोरमैला व्यवस्थापन नहुँदा दिनानुदिन दुर्गन्ध बढ्दै गएको स्थानीय डम्बर कटुवालले बताउनुभयो । कन्याममा घुम्न तथा वनभोजकालागि आउने पर्यटकको क्रियाकलापले गर्दा दैनिक उल्लेख्य मात्रामा फोहोर जम्मा हुने गरेको छ । 

स्थानीयबासी र वातावरण तथा पर्यटनसँग सम्बन्धित निकायको निरन्तर प्रयासले मात्रै सो क्षेत्रको दिगो व्यबस्थापन गर्न सकिने जानकारहरुको सुझाव रहेको छ ।

Leave a Reply