अपेक्षा गरे अनुसारको सडक न बन्ने हो कि भन्ने उपभोक्ताको आशङ्का



मङ्सिर ११ इलाम । ट्र्याक खनेको ५३ बर्षपछि कालोपत्रे गरिने निश्चित भएको नेपालटार मङ्गलबारे सडक खण्डमा चाहना बमोजिम सडक निर्माण हुनेमा पश्चिमी इलामका नागरिक विश्वस्त हुन सकेका छैनन् । सडक निर्माण हुने थाहा पाएपछि जिल्ला प्रशासन कार्यालय इलाममा डेलिगेशनका लागि  गएको मङ्गलबारेबासी तथा उपभोक्ताले इलामका प्रमुख जिल्ला अधिकारी जनकराज रेग्मीको आश्वासनमै सडक निर्माण सीमित हुने बताउन थालेका छन् । 

ठेकेदारको काम उपभोक्ताले सदर नगरेसम्म विलभर्पाइ पास नगर्न आफुले पहल गर्ने प्रमुख जिल्ला अधिकारिले बताएपछि स्थानीययबासीमा सडक निर्माण हुने आशा पलाएको हो । नेपालटार मङ्गलबारे सडक तीन बर्षमा निर्माण सम्पन्न गरिने पूर्वाञ्चल डिभिजन सडक कार्यालय नंम्बर १ इलामका प्रमुख ज्ञानेन्द्रकुमार झाले बताउनुभयो । 

नेपालटार मङ्गलबारे सडकको १२ दशमलव ५ किलोमिटर सडक कालोपत्रे गर्नका लागि पूर्वाञ्चल सडक डिभिजन कार्यालय नंम्बर १ ले ठेक्का प्रकृया पुरा गरिसकेको छ भने कुन फर्मलाई ठेक्का स्वीकृत गर्ने भन्ने बारेमा निर्णय भने भइनसकेको जनाइएको छ ।



Leave a Reply