लोपोन्मुख जातिलाई प्राविधिक शिक्षामा छात्रवृत्ति

कात्तिक ३० भक्तपुर ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले यस वर्ष तराईका १० जिल्लाका दलित, विपत्र मुसलमान, लोपोन्मुख जातिभित्र पर्ने सबै महिला र पुरुषलाई प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ ।

तराईका बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, बाँके र कपिलवस्तु जिल्लाका विपत्र मुसलमान तथा मुलुकभरका लोपोन्मुख जातिका महिला र पुरुषलाई छात्रवृत्ति प्रदान गरेको सिटिइभिटीका परीक्षा नियन्त्रक रमेश बखतीले बताउनुभयो।

प्रवेशिका परीक्षा अर्थात् एसएलसी उतीर्ण गरी नर्सिङ, हेल्थ असिस्टेन्ड, फार्मेसी, ल्याब टेक्निसियनलगायतका प्राविधिक विषयमा अध्ययन गर्नका लागि ओवदन दिएर प्रवेश परीक्षा उतीर्ण गरेका सबै विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

छात्रवृत्ति पाउनेलाई पढाइ खर्चका लागि मासिक रु. तीन हजार ५००, वार्षिक रु. चार हजार बराबरको कपडा, होस्टेलमा बसेर पढ्ने, खाने व्यवस्था र एक वर्षमा दुई पटकसम्म घर जानआउन यातायातको समेत सुविधा दिने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।


Leave a Reply