कात्तिक ३०, ताप्लेजुङ। नेपाल सरकारले सङ्घीय लिम्बुवान्् राज्य परिषद्सँग आज वार्ता गर्ने भएको छ ।
आज दिँउसो १ बजे शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा वार्ता हुने तयारी भएको शान्ति तथा पुनः निर्माणमन्त्री सत्य पहाडीद्वारा परिषद्लाई जारी पत्रमा उल्लेख छ ।
पत्रमा पाँचजनासम्मको वार्ता टोली गठन गरी आउन भनिएको परिषद् बताएको छ । यसैबीच, सङ्घीय लिम्बुवान् राज्य परिषद्ले केन्द्रीय अध्यक्ष सञ्जुहाङ पालुङवाको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।
मुलुकका विभित्र भागमा क्रियाशील राजनीतिक दलका मागलाई वार्ताकै माध्यमबाट समाधान गर्ने प्रयासस्वरूप वार्तामा आउन आह्वान गरिएको पत्रमा उल्लेख छ । लिम्बुवान् राज्य परिषद्ले ऐतिहासिक पृष्ठभूमिका आधारमा पूर्वी नेपालका नौ वटा जिल्लालाई लिम्बुवान् राज्य घोषणा गर्नुपर्ने माग गर्दै आन्दोलन गर्दैआएको छ ।