४६ वर्षीया महिलालाई बलात्कार गरी फरार



कार्तिक २९  इलाम । इलाम चुलाचुली-१, कमलका एक युवा स्थानीय ४६ वर्षीया महिलालाई बलात्कार गरी फरार भएका छन् । स्थानीय २२ वर्षिया सुमेरु राईले शनिबार साँझ साढे ६ बजे नजिकैको जंगलमा गाइबस्तु लिन गएकी महिलामाथि जबरजस्ती बलात्कार गरेको स्रोतले जनाएको छ ।

घट्नापछि सुमेरु कपडासमेत छोडेर फरार भएका थिए । सुमेरुले ती महिलाको शरीरका विभिन्न अंगहरु लुछेर घाउ बनाएको स्रोतको दावी छ । पीडित महिलालाई आर्थिक र कानुनी पहुँचको कमीका कारण आईतबार बिहानसम्म उपचारका लागि समेत लगिएको थिएन । आइतबार बिहान मात्रै उनको उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

घट्नबारे प्रहरीले थप अनुसन्धान अगाडी बढाई दोषीको खोजी समेत तिब्र बनाएको जनाइएको छ । मादक पदार्थ समेत सेवन गरेका अभियुक्तले ती महिलालाई गम्भीर किसिमको यातना समेत दिएका छन् ।

Leave a Reply