पुस २ ईलाम । ईलाममा प्रहरीले छुरा प्रहार गरेको अभियोगमा संखुवासभा मछेपोखरी–९ बस्ने २० बर्षीय सन्तोष गुरुङ्गलाई पक्राउ गरेको छ । गुरुङले पुस गएराति पशुपतिनगर–४ स्थित राम गुरुङ्गको लजमा भारत घर भएका २७ बर्षीय गजेन्द्र क्षेत्रीलाई सामान्य विवादमा छुरा प्रहार गर्दा गम्भीर घाइते घाईते भएका थिए ।
यता, काभ्रेमा खुकुरी प्रहार गरेको अभियोगमा मिल्चे गाविस–२ बस्ने ४२ बर्षीय जित बहादुर तामाङ्गलाई प्रहरीले खुकुरी सहित पक्राउ गरेको छ । ढुङखर्क गाविस–६ मा ४४ बर्षीय सार्कीमान तामाङलाई आपसी विवाद हुँदा खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि शिर मेमोरियल अस्पताल बनेपामा लगिएको प्रहरी बुलेटिनमा उल्लेख छ ।