पुस ३ इलाम ।नेपाल तरुण दलका चितवन अध्यक्ष शिव पौडेलको हत्याको विरोधमा तरुण दल र नेपाल विद्यार्थी संघले गरेको बन्दका कारण आज पनि इलाममा सबारीका साधन चल्न सकेनन ।
बन्दका कारण इलामको जनजीवन प्रभावित भएको छ । बन्दका कारण मेची राजमार्गमा विहान ८ बजेयता सवारीका साधन चल्न नसक्दा सयौं यात्रु र सवारी राजमार्गमै अलपत्र परिरहेका छन् ।बन्दका कारण इलामका बजार र पसलरु पनि ठप्प छन् ।
नेपाली कांग्रेसले भोलि नेपाल बन्दको आह्वान गरेपनि तरुण दल र नेपाल विद्यार्थी संघले भने इलाममा आजै बन्द गरेको नेपाली कांग्रेस इलामका निरोज खड्गीले बताउनुभयो । विहान ११ बजेसम्म मात्रै बन्द गर्ने घोषणा गरिएपनि यातायात व्यवसायीले बन्दकर्ताको विरोध गरेपछि उनीहरुको विरोधमा दिनभर बन्द गराउनुपरेको खड्गीले बताउनुभयो ।
यस्तै दमक तथा आसपासका बजारहरूमा पसल भने खुल्ला रहेका छन् । नेपाली काँग्रेसले भोलिबाट मात्रै बन्द गर्ने भनेपनि पार्टीको भातृसंगठनका कार्यकर्ताहरुले आज चोक चोकमा मोटरसाइकल तेर्स्याएर यातायत आवागमन बन्द गरेका छन् ।