काङ्ग्रेसले नेपाल बन्द जारी राख्ने, बन्द भोली विहान ६ बजेदेखि अपरान्ह ५ बजेसम्म



काठमाडौ, ३ पुष । तरुण दल चितवन अध्यक्ष शिवप्रसाद पौडेलको मृत्युको विषयलाई लिएर आन्दोलित नेपाली काङ्ग्रेसले आफ्नो आन्दोलन फिर्ता नहुने जनाएको छ । आफ्ना माग पूरा गर्न सरकारलाई दिउँसो अघि दिउँसो ३ बजेसम्मको अल्टिमेटम दिए पनि माग पुरा नभएको भन्दै आन्दोलन यथावत रहने जनाएको हो । दिउँसो सभापति सुशिल कोइरालाको निवासमा पत्रकार सम्मेलन गरी आन्दोलन फिर्ता नभएको जानकारी दिइएको हो । 

बन्द भोली विहान ६ बजेदेखि अपरान्ह ५ बजेसम्म रहने छ । आज सिंहदरबारमा प्रधानमन्त्रीसंगको छलफलपछि काङ्ग्रेसले शहीद घोषणा र गृहमन्त्रीको राजीनामाका सम्बन्धमा निर्णय गर्न ३ बजेसम्मको समय दिंदै अन्यथा आन्दोलनका कार्यक्रम फिर्ता नलिने चेतावनी दिएको थियो । हिजो विहान बसेको काङ्ग्रेस केन्द्रिय समितिको आकस्मिक बैठकले चितवन कारागार प्रकरणलाई लिएर भोलि नेपाल बन्दको निर्णय गरेको थियो । 

यसैविच बन्दलाई सफल बनाउ आब्हान गर्दै नेपाली काग्रेसका कार्यकर्ताहरुले आज राजधानीको रत्नपार्कबाट मसाल जुलुस प्रर्दशन गरेको छ । 

Leave a Reply