मङ्सिर २० इलाम । इलामको पशुपतिनगरमा रहेको सीमा प्रशासनले बजेटको अभावमा सीमा क्षेत्रको अनुगमन गर्न समस्या भएको बताएको छ । भारतसँग जोडिएको इलामको सीमाना हेर्ने जिम्मेवारी तोकिएको कार्यालयमा आवश्यक बजेट नहुँदा सीमा क्षेत्रको अनुगमन गर्न नसकिएको कार्यालयले जानकारी दिएको हो ।
कार्यालयमा बजेट नहुँदा सीमा क्षेत्रको अनुगमन र सीमा स्तम्भहरुको अध्यावधिक गर्न नसकिएको कार्यालयका प्रमुख गगनबहादुर बिकले जानकारी दिनुभएको छ । गृह मन्त्रालयले कार्यालय संचालन र कर्मचारीको तलबवाहेक बजेट नपठाउने गरेकाले काम गर्न नसकिएको सीमा प्रशासनका कर्मचारी बताउँछन् ।
गृह मन्त्रालयले आवश्यक पर्ने जनशक्ति समेत थप नगर्दा काम गर्न गाह्रो भएको कार्यालयले जनाएको छ ।
