जिफन्ट काठमाडौँमा भैरव श्रेष्ठको नेतृत्व


 मङ्सिर १८, काठमाडौँ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) अन्तर्गत काठमाडौँ जिल्लास्तरीय ११ सदस्यीय युवा कमिटी भैरव श्रेष्ठको नेतृत्वमा शनिबार निर्वाचित गरिएको छ ।
 कमिटीका उपाध्यक्षमा केशव सापकोटा, सचिवमा हरि कार्की र  सहसचिवमा प्रज्ञा थापा तथा सदस्यमा सिवानी लामा, आशिष खत्री, हरिबहादुर खत्री, प्रकाश थापा, सिवानी लामा, रविनाथ खत्री र हरिबहादुर खड्का रहनुभएको छ ।
 नवनिर्वाचित अध्यक्ष श्रेष्ठले काठमाडौँमा रहेका सम्पूर्ण श्रमिक युवाको हकहित र अधिकारका लागि आफू क्रियाशील रहने बताउनुभयो ।

Leave a Reply