अयोग्य लडाकूद्वारा पूर्वाञ्चल बन्द



इलाम, १८ पुस । सम्मानजनक पुनःस्थापनालगायतका माग राखेर बहिर्गमनमा परेका माओवादी लडाकूले आज पूर्वाञ्चल बन्द गराएका छन् । बन्दका कारण बिहानैदेखि ताप्लेजुङ, पाँचथर, इलाम, झापालगायत पूर्वाञ्चलकै जनजीवन प्रभावित भएको छ ।

यस क्षेत्रमा बिहानैदेखि यातायातका साधन ठप्प रहेका छन् भने उद्योगधन्दा, कलकारखाना र शैक्षिक संस्थासमेत प्रभावित भएका छन् ।

आफूहरूको व्यवस्थापन गरिनुपर्ने, अयोग्य लडाकूका लागि राष्ट्रसङ्घबाट प्राप्त रकमको विवरण सार्वजनिक गरिनुपर्नेलगायतका माग राखेर उनीहरूले केही दिनदेखि देशका विभित्र क्षेत्र र जिल्ला बन्द गराउँदैआएका छन् ।

शिविरमा रहेका माओवादी लडाकूमध्ये अनमिनले अयोग्य ठह¥याएका चार हजार आठ जना लडाकू बहिर्गमनमा परेका थिए ।

Leave a Reply