चिया कारखाना सञ्चालन हुने

इलाम (मङ्गलबारे), १८ पुस । मूलुककै जेठो इलाम चिया कारखाना सञ्चालनमा आउने भएको छ । 

एक सय पचास वर्ष अघिदेखि इलाममा चियाखेती सुरु भएपछि स्थापित सो कारखाना सञ्चालनका लागि चौतर्फी माग आएपछि कारखाना सञ्चालनको तयारी गरिएको हो । कारखाना प्रशोधन र सङ्ग्रहालयका रूपमा प्रयोग हुने बताइएको छ । 

कारखाना सञ्चालन हुनु पर्यटन र चियासम्बन्धी अध्ययनका लागि महत्वपूर्ण हो,’ कारखाना सञ्चालनको माग गर्दैआएका सह–प्राध्यापक युद्ध वैद्यले भन्नुभयो ‘यो कार्यले यहाँको पर्यटनलाई थप टेवा मिल्ने छ ।’ कारखाना भवनको बनावट, पुराना मेसिन र चिया बगान नै ऐतिहासिक महत्वका भएकाले खोज अनुसन्धानका लागि महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।रासस

विसं १९२० मा तत्कालीन बडाहाकिम गजाधरसिंह थापाले सुरुमा सो चिया बगान सुरु गर्नुभएको हो ।

Leave a Reply