नयाँबजारबाट अब लाजिम्पाट डेरा सर्दै प्रचण्ड



पुस २३ काठमाडौँ । खुला राजनीतिमा आएपछि नयाँबजारको साँघुरो घरमा डेरा जमाइरहेका माओवादी अध्यक्ष प्रचण्ड अब लाजिम्पाट सर्ने भएका छन् । लाजिम्पाट सांगि्रला होटलछेउबाट भित्र छिरेपछि भारतीय दूतावासको केन्द्रीय बिद्यालय आगाडी रहेको एउटा घर अहिले धमाधम रङरोगन र मर्ममसम्भार भइरहेको छ ।

त्यसको तस्वीर लिन नदिइए पनि त्यहाँ काम गरिरहेका कामदारले प्रचण्डकालागि निवास मर्मत भइरहेको र जनयुद्ध दिवसको अबसर पारेर त्यहाँ सर्न लागेको बताए ।

प्रचण्डका स्वकीयसचिव समिर दाहालले नयाँ बजारको घर पार्किङ र सुरक्षकर्मी बस्न पर्याप्त नभएको र सुरक्षाका दृष्टिले पनि उपयुक्त नभएका कारण नयाँ घर खोजिएको बताए । समिरले भने लाजिम्पाटको घरमा सर्ने कि नसर्ने भन्नेबारे निर्णय भइनसकेको बताएका छन्  ।

Leave a Reply