सहमतिपछि मतदाता नामावली संकलन सुरु हुने



पुस २३ इलाम । मतदान केन्द्रको विवादका कारण इलामको फाकफोकमा स्थगित भएको फोटोसहितको मतदाता नामावली संकलन तथा फोटो खिच्ने काम सुरु हुने भएको छ । फाकफोकस्थित खाम्बाङ माध्यमिक विद्यालयमा  भएको जिल्लास्थित विभिन्न सरोकारवाला, संघसंस्था र स्थानीय राजनीतिक दल र स्थानीयबासीबीच भएको अन्तर्कृया कार्यक्रममा सहमति भएपछि संकलन कार्य सुचारु हुने भएको हो ।

प्रमुख जिल्ला अधिकारी जनकराज रेग्मीको प्रमुख आतिथ्यतामा भएको छलफलमा खाम्बाङ माविमा रहेको पुरानो केन्द्रमा मतदान केन्द्र ल्याउन सबै पक्षबाट पहल गर्ने र केन्द्रमा पनि सोही निर्णय लेखी पठाउने सहमति भएपछि आगामी पुष २५ गतेदेखि नामावली संकलन र फोटो खिच्ने काम सुरु हुने जिल्ला निर्वाचन अधिकृत प्रेम काफ्लेले जानकारी दिनुभयो ।

Leave a Reply