ताप्लेजुङ, २५ पुस । संविधानसभा नागरिक सम्बन्ध समिति र संविधान सूचना केन्द्रले आइतबार ताप्लेजुङमा संविधानसभाको गतिविधिबारे एकदिने अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
संविधानसभा नागरिक सम्बन्ध समितिका सदस्य देवराज जोशीको अध्यक्षतामा सम्पन्न अन्तक्र्रिया कार्यक्रममा समितिका सदस्य तथा सभासद् रामजीप्रसाद शर्माले संविधानसभाको एघार वटा समितिको प्रतिवेदनमा रहेका विषयका साथै संविधान सूचना केन्द्रका बारेमा जनकारी गराउनुभएको थियो ।
संविधानसभा विषयगत समितिहरूको अवधारणापत्र र प्रारम्भिक मस्यौदाको विषयमा जानकारी दिँदै सभासद् शर्माले सहभागीहरूले दिएको सुझावलाई सङ्कलन गरी समितिमा जानकारी गराइने बताउनुभयो ।
कार्यक्रममा समिति सदस्य तथा सभासद् लक्ष्मी गुरुङले अबको संविधानमा प्रत्येक क्षेत्रमा पचास प्रतिशत महिला समावेश गराएर लैजाने नीति ल्याउनुपर्ने बताउनुभयो ।