हात्तीको आक्रमणबाट महिलाको मृत्यु

दमक, २५ पुस । जङ्गली हात्तीको आक्रमणमा परी मोरङको पथरीमा आज बिहान एक महिलाको ज्यान गएको छ ।

पथरी–९ जयचोककी ५० वर्षीया केशरमाया राईको बिहान पाँच बजे भारतीय क्षेत्रबाट आएको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय, पथरीले जनाएको छ ।

यस्तै झापाको लखनपुरमा गए राति जङ्गली हात्तीले स्थानीय दुईजनाको घर भत्काइदिएको छ । हात्तीले लखनपुर–१, टुुक्रेका जीवनदास र भीम घिमिरेको घर भत्काए पनि मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।


Leave a Reply