कपिलवस्तु, २४ पुस । साहुजी राम्रो गहु कतिमा बिक्री हुन्छ ? भनेर सोध्नका लागि यतिखेर व्यापारीको पसल–पसल जान पर्दैन् गौरी गाविसका कृषक रामदिन केवटलाई ।
उहाँ अहिले प्रविधिको विकाससँगै आएको मोबाइलले खेतबाट हलोको जुवा समातेरै कृषि उत्पादनको मोलभाउ गर्नुहुन्छ ।
अशिक्षित रहेका वसन्तपुर गाविसका बगेदु कोहारले खेतमा काम गर्दा भोक लागेपछि घरमा मोबाइलबाट खबर गरी खाजा ल्याउन अह्राउनुहुन्छ ।
खाजाकै लागि एक घण्टा हिडेर गई भन्नुपर्ने अवस्था अन्त्य भएको उहाँको भनाई छ । यसकारण आफूलाई खेतमा काम गर्दा मोवाइलले धेरै सजिलो बनाएको अनुभव बगेदुको छ ।
नपढेका कारण मोबाइलका अक्षर पनि थिच्न नजान्ने उहाँ अहिले एकदेखि १० सम्मका अक्षर सजिलै चिन्न र थिच्न सक्ने बन्नुभएको छ ।
सञ्चारक्षेत्रमा भएको विकासका कारण अहिले यहाँका दक्षिणी क्षेत्रका कृषक खेत खेतबाट मोवाइलको उपयोग गरी समयको सदुपयोग गरिरहेका छन् ।
कति कृषक त गहँु, तोरी र मसुरोका मोलभाउ खेतबाटै गरिरहेका छन् ।
यस्तै कति कृषकहरू खाद्यान्न र नगदे बालीको बिउ बिजनको मोलमोलाई पनि मोबाइलबाट गर्ने गरेको बैदोली गाविसका कृषक भगबानदास यादबले बताउनुभयो ।
उता खेतको बालीमा लाग्ने रोग ब्याधीका बारेमा कृषकहरू पहिले मोबाईलबाट निदान र उपचार सोध्ने गरेका नभए मात्र आपूmै कार्यालय आउने गरेको कृषि कार्यालयका प्रमुख खुर्सेद अहमद खाँले जानकारी दिनुभयो ।
यस बर्ष मोबाइलबाटै कुराकानी गरेर खेतमै रहेको गहुको भाउताउ गरेर राम्रो मूल्य पाएको भनाइ छ, तिलौराकोट गाबिसका संतोखी कोहारको ।
गहु बिक्रीबाट आएको रकम र थोर धेर सरसापट गरेर रकमको छोरीको यस बिबाह गर्दै हुनुहुन्छ उहाँ । पहिले भाउताउ गरेर गहुबाट राम्रो रकम पाउन सकेको उहाले बताउनुभयो ।
पहिले खेतबारीकै काम गर्दा धेरै समय खबर आदान प्रदान गर्न लग्दथ्यो तर अब त्यसो नभएर मोबाईलले धेरै सजिलो बनाएको अनभुव छ गोटिहबाका कृषक दिरेपकुमार चौधरी ।
खेतमा काम गर्ने कामदारहरू समेत अहिले कृषकहरूले मोबाइल बाटै खोज्न थालेका छन् । त्यसैले यहाँ कृषकहरूको पनि मोबाईल अभिन्न अङ्ग बनेको छ ।