इलामका किसान जैबिक मलतर्फ आकर्षित




पुस २१ इलाम ।
अर्ग्यानिक बाली उत्पादनका लागि इलामको सुलुबुङ्गका कृषकले जैबिक मल बनाउन थालेका छन् । उत्पादित मल आफ्नो खेतीमा लगाउन र विक्री गरेर पनि राम्रो आम्दानी हुन थालेको किसानहरुले बताएका छन् । केही बर्षयता स्थानीय क्षेत्रमा पाइने बिभिन्न ६० प्रजातिका बनस्पतिबाट आफूले मल बनाउने गरेको सुलुबुङ्ग ५ का मेघनाथ खतिवडाले बताउनुभयो । 

खतिवडा एक्लैले बर्षमा ६० क्विन्टल मल बनाउने गरेको र अधिकांश किसानले पछिल्लो समयमा अर्ग्यानिक मल उत्पादन गरिरहेको उहाँले जानकारी दिनुभएको छ । यसरी बनाएको जैबिक मल २५ रुपैयाँ प्रतिकिलोका दरले बिक्री हुने गरेको छ । मल बिक्रीबाट मात्रै बार्षिक रुपमा एक लाख ५० हजार रुपैयाँभन्दा बढी आम्दानी लिने गरेको किसानहरुले बताएका छन् ।

 घरैमा राम्रो मल बनाउन थालेपछि रासायनिक मल तथा बिषादी प्रयोग गर्न छाडेको अर्का किसान नारायण खतिवडाले बताउनुभयो । त्यस क्षेत्रका किसानले चिया, किबी तथा अन्य तरकारी खेती गर्दै आएका छन् ।

Leave a Reply