अर्काकी श्रीमतीसँग अनैतिक कार्य गर्नेको कुटाइबाट मृत्यु



 पुस २२ पाँचथर । अर्काकी श्रीमतीसँग यौनकृडामा लिप्त रहेका वेला फेला परेका पाँचथरका एक व्यक्तिको कुटाइबाट मृत्यु भएको छ । ती महिलाका श्रीमान् लगायत परिवारका अन्य सदस्यको कुटपिटबाट सिदिन गाविस वडा नम्वर – ४ का सुरेन्द्र चाम्लिङको गएराति मृत्यु भएको मेची अञ्चल प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । 

प्रहरीका अनुसार चाम्लिङ र स्थानीय सिद्दिकरण राईकी ४५ वर्षीया श्रीमती सुकमाया राई घरनजिकको बारीमा यौनकृडामा गरिरहेको अवस्थामा ती महिलाका श्रीमान् तथा परिवारका अन्य सदस्यहरुले रंगेहात भेटेपछि चामलिङलाई कुटपिट गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो।

घटनापछि कुटपिटमा संलग्न सिद्दिकरण राई, उनकी श्रीमती सुकमाया र छोराहरु राजकुमार, धिरज र जोगधनलाई पक्राउ गरी सदरमुकाम ल्याइएको प्रहरीले जनाएको छ।

Leave a Reply