काठमाण्डौ,माघ २३
राज्य पुनःसंरचना आयोगले हालै सरकारलाई बुझाएको राज्य पुनःसंरचनासम्बन्धी प्रतिवेदनले सुदूरपश्चिमलाई विभेद गरेको भन्दै सेती महाकाली राष्ट्रिय मुक्ति मोर्चाले आज देखि सङ्घर्षका कार्यक्रम घोषणा गरेको छ । राज्य पुनः संरचना आयोगले तयार पारेको प्रतिवेदनले विभेद गरेको भन्दै मोर्चाैले आज देखि सुदूरपश्चिमका नौवटा जिल्लामा प्रतिवेदन जलाउने कार्यक्रम तय गरेको हो ।

मोर्चाका अध्यक्ष तथा वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले राज्य पुनःसंरचना आयोगले सेती महाकाली अञ्चलको आवश्यकतालाई ख्याल गर्न नसकेकाले समस्या पैदा भएको बताउँदै बिरोधका कार्यक्रम घोषणा गर्न आफुहरु बाध्य भएको जानकारी दिनुभयो ।
आफैँ सहभागी मन्त्रिपरिषद्ले राज्य पुनःसंरचना आयोग बनाएको भए पनि सुदूरपश्चिमका जनतालाई त्यसबारेमा कुनै जानकारी नदिएको तथा अखण्ड सुदूरपश्चिमलाई टुक्र्याएर शासन गर्ने सोच राखेकाले आफूहरूले विरोध गरेको उहाँले बताउनुभयो । घोषित कार्यक्रम अनुसार भोलिदेखि जिल्ला प्रशासन अगाडि एक घन्टा धर्ना दिने तथा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री, सभामुख र संवैधानिक समितिका सभापतिलाई ज्ञापनपत्र बुझाउने, चक्काजाम, मसाल जुलुस, सुदूरपश्चिम बन्द लगायत रहेका छन् ।