भद्रपुर विमानस्थलबाट दक्षिण कोरियाली पक्राउ

भद्रपुर, ६ चैत । भारतको बाटो हुँदै पूर्वी नाका काँकरभिट्टा प्रवेश गरेका एक विदेशी नागरिकको राहदानीमा नेपालको प्रवेशाज्ञा नरहेकाले भद्रपुर विमानस्थलबाट आइतबार पक्राउ गरिएको छ ।

दक्षिण कोरियाली ली याङसुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले अबेर राति जनाएको छ । नेपाल प्रवेश गर्ने क्रममा उनले काँकरभिट्टास्थित अध्यागमन कार्यालयमा इमिग्रेसन नगरेको र निजको नाममा जारी एम ५००४१४२२ नम्बरको भिसामा नेपालको प्रवेशाज्ञा नरहेको बताइएको छ । उनलाई आवश्यक कारबाहीका लागि अध्यागमन विभाग काठमाडौँ पठाइएको छ ।

Leave a Reply