उद्योग सङ्घ झापामा ढकाल
भद्रपुर, ४ चैत । झापा उद्योग सङ्घको अध्यक्षमा टीकाराज ढकाल सर्वसम्मत चयन हुनुभएको छ ।
भद्रपुरमा गएराति सम्पन्न सङ्घको २३ औँ वार्षिक साधारणसभाबाट ढकाल सो पदमा सर्वसम्मत चयन हुनुभएको हो ।
त्यस्तै, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष पदमा क्रमशः यामबहादुर श्रेष्ठ, सुवाश मुरारका, नितेश वर्मा र शिकुमार गुप्ता चुनिनु भएको छ ।
यसैगरी, सदस्यहरुमा क्रमशः चण्डीप्रसाद पराजुली, जयप्रसाद शर्मा, गोविन्दराम सरिया, दीपककुमार पोखरेल, अरविन्द अग्रवाल, गोपालप्रसाद तुलाश्याम र दुर्गाप्रसाद भण्डारी चयन हुनुभएको उक्त सङ्घकी कार्यालय सचिव चन्द्रकला दाहालले जानकारी गराउनुभयो ।