संविधानसभाको म्याद सकिन अब ५७ दिन मात्र बाकी छ । जेठ १४ पछि के हुन्छ अहिले नै भन्न सकिने स्थिति छैन । तर, जेठ १४ मै संविधान जारी नगर्नुको विकल्प पनि छैन ।
संविधान निर्माणको काम बाकी रहेको यो छोटोअवधिमा घनिभूत बनाइनुपर्छ तर त्यसो हुन सकिरहेको छैन । संविधान निर्माण र शान्ति प्रक्रिया अहिलेका मुख्य एजेन्डा हुन् । यी एजेन्डालाई यो वा त्यो वहानामा नजरअन्दाज गर्नु भनेको देश र जनतामाथि गद्दारी गर्नु हो तर यसोभन्दैमा फेरि मूर्दाशान्ति र एक थान देखावटी संविधान ल्याउनुको कुनै अर्थ छैन ।
१० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको उपलब्धिलाई रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने जनसंविधान ल्याउनु आज सबैराजनीतिक दलहरूको काम, कर्तव्य रहेको छ । तर, दलहरूको उल्टो हिाडाइले जनताले चाहेजस्तो शान्ति र संविधान निर्माणमा गति लिन सकिरहको अवस्था छैन । प्रमुख दल र नेताहरूको यही कार्यशैली कायम रहेमा जेठ १४ माजनसंविधान नआउने लगभग पक्कापक्की भएको छ ।
जेठ १४ मा शान्तिप्रक्रिया तार्किक निष्कर्षमा नपुग्ने र संघीय लोकतान्त्रिक संविधान निर्माण हुन नसके जेठ १५ बाट देशभर आन्दोलनको आगो सल्कने छ । त्यो आगोले यीतमाम यथास्थितिवादी र शान्ति र संविधानका नाममा दश वर्षे जनयुद्ध र जनआन्दोलनको उपलब्धिलाई पाखा लगाउादै मूर्दा शान्ति र एक थान देखाउने संविधान बनाउने शक्तिहरूलाई सखाप पार्नेछ । त्यसैले देशलाई आन्दोलनकोभुमरीमा फसाउने प्रपञ्च बन्द गर ।
नेपाली जनताले १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनबाट प्राप्त गरेको उपलब्धिको रक्षा गर्दै स्थायी शान्ति र नेपाली जनतालाई स्वीकार्य हुने जनसंविधान निर्माणमा सबै राजनीतिक दल रनेताहरू कटिबद्ध भएर लाग । आजको आवश्यकता, समयको माग र नेपाली जनताको चाहना पनि यही छ । अन्यथा भिरबाट लडेको .... राम, राम भन्न सकिन्छ, कााध थाप्न सकिन्न भन्ने नेपाली उखानजस्तै देशका यस्ता कुनै पनिराजनीतिक दल र तिनका नेताहरूलाई जनताले काध थाप्ने छैनन, चेतना भया ।- राजेन्द्रप्रसाद चिमौरिया, प्रकाशक तथा सम्पादक ; क्षेप्यास्त्र साप्ताहिक