काठमाडौ । संविधानसभाको म्याद थप्न नपाउने सर्वोच्च अदालतले फैसला गरिदिएपछि प्रमुख राजनीतिक दल र तिनका नेताहरूमा एक प्रकारको छटपटाहट उत्पन्न भएको छ । समय छादा गफ छाटेर बस्ने र समय सकिन लागेपछिमरिहत्ते गर्ने नेपालका राजनीतिक दल र नेताहरूले यो आˆनो पुरानो प्रवृत्ति यतिबेला फेरि देखाउादैछन् । दुई वर्षमा संविधान बनाइसक्ने जनादेश लिएर संविधानसभामा पुगेका दल र नेताहरूले चार वर्ष बितिसक्दा पनि संविधानबनाउन कुनै गम्भीर चासो देखाएनन् । एक दलले अर्को दललाई दोष दिने र आफू मात्र चोखो देखिने मनोरोगले सताउदा यस्तो स्थिति आएको हो ।
१० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई रक्षा गर्दै देशमागणतन्त्र संस्थागत गर्छौं भन्ने देशका प्रायः सबै राजनीतिक दलहरू यतिबेला आˆनै पार्टीभित्रको अन्तरसंघर्षमा अल्भिएका छन् । गणतन्त्र स्थापनापश्चात् संविधानसभामा सबैभन्दा ठूलो दलको हैसियत कायम गर्न पुगेको एकीकृतनेकपा माओवादीमा भने यो अन्तरसंघर्षले चरम् रुप नै धारण गरेको छ । यतिबेला माओवादीमा स्पष्ट दुई धार देखिएको छ, वैद्य पक्ष र प्रचण्ड पक्ष । संविधान निर्माणको अन्तिम चरण र संविधानसभाको म्याद सकिनै लाग्दा देशकोसबैभन्दा ठूलो पार्टीभित्रको यस अन्तरसंघर्षले प्रत्यक्ष र परोक्ष दुवैरुपमा असर पुर्याएको राजनीतिक विश्लेषकहरूको ठहर छ । माओवादीको प्रचण्ड पक्ष जसले यो सरकारलाई कााध थापिरहेको छ, ऊ शान्ति र संविधान निर्माणलाईपूर्णता दिने नाममा २०४७ सालको संविधानलाई राजतन्त्रका ठाउामा गणतन्त्र राखेर ल्याउन उद्यत भएको देखिन्छ ।
जुन कुरा माओवादीकै अर्को पक्ष वैद्य पक्षल समेत ठाडै अस्वीकार गरेको छ भने आमनेपाली जनता पनि त्यस्तोसंविधानको पक्षमा देखिादैनन् ।
प्रचण्ड, बाबुराम पक्ष, काग्रेस, एमालेलगायत पुराना संसद्वादी दलहरूसाग सााठगााठ गरेर लोकतान्त्रिक संविधानको नाममा पुरानै संसद्वादी व्यवस्था ब्युाताउन खोजेपछि अहिले अग्रगामी सोच बोकेका र जनसंविधान बन्नुपर्छभन्ने राजनीतिक दल, तिनका नेता र आमस्वाभिमानी नेपाली जनताको नजरमा गिरेका छन् । माओवादीकै अर्को पक्ष वैद्य पक्ष भने दश वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनका मर्मअनुरुप संविधान बन्नुपर्नेमा दृढ छन् र उनीहरुआˆनो पक्षमा समग्र क्रान्तिकारी पार्टी, नेता र आमजनताका सहानुभूति बटुल्ने प्रयास गरिरहेका छन् ।
अहिले संविधान निर्माणका क्रमलाई हेर्दा एनेकपा माओवादी नै बढी सक्रिय भएर अगाडि बढेको देखिन्छ । तर, संविधान कस्तो बन्ने भन्नेमा माओवादीकै कुन पक्षको पल्लाभारी हुन्छ, त्यस्तै संविधान आउने निश्चित छ ।माओवादीको वैद्य पक्ष जनताका पक्षमा जनसंविधान नआउने देखेर सडक आन्दोलनमा उत्रिसकेको छ भने प्रचण्ड पक्ष पनि अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै सबैलाई स्वीकार्य हुने संविधान बनाउनुपर्छ भन्ने बहानामाजनतासामु जाने तयारी गरिरहेको छ ।
त्यसैले संविधान निर्माणको लागि एनेकपा माओवादीभित्र जति चिन्ता र चासो छ, त्यो अरु पार्टीमा देखिादैन । तर, माओवादीभित्रका संविधान निर्माणको यो चिन्ता र चासो पनि एकढिक्का छैन,त्यसैले नेपाली जनताले चाहेजस्तो १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको उपलब्धि रक्षा गर्ने संविधान बन्ने छााटकााट देखिादैन । किनकि अहिले सम्पूर्ण देशी, विदेशी शक्तिहरू नेपालमा आमूल परिवर्तन भएको र नेपालस्वाधीन राष्ट्र भएको देख्न चाहिरहेका छैनन् । यिनै देशी, विदेशी शक्तिहरूको चाहना र इशारामा अहिलेको वर्तमान सरकार अगाडि बढिरहेको छ र त्यसलाई कााध थाप्ने काम एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले गरिरहेका छन् ।
अहिले एकीकृत नेकपा माओवादीभित्र जुन किसिमको अन्तरसंघर्ष चलिरहेको छ, यसले संविधान निर्माणमा गम्भीर असर त पुर्याउाछ नै त्योभन्दा पनि सबैभन्दा ठूलो पार्टीभित्रका यस किसिमको अन्तरसंघर्षले अग्रगमनमाजानुभन्दा पश्चगमनतिर धकेलिन्छ । यो कुरा माओवादी संस्थापन पक्ष भन्नेले बुझ्नुपर्ने हो । हिजो आफैाले उठाएका तमाम एजेण्डाहरूलाई सहमतिको नाममा थन्क्याउादै जाने र एकथान संविधानको लागि मरिहत्ते गर्ने प्रवृत्तिलेदेश र जनताले निकास नपाउने राजनीतिक विश्लेषकहरू बताउाछन् । अहिले माओवादीभित्रको अन्तरसंघर्ष असल र खराबबीचको संघर्ष हो । यो अन्तरसंघर्षमा असलका नेतृत्व वैद्य पक्षले गरिरहेको छ भने खराब पक्षको नेतृत्वप्रचण्ड र बाबुराम पक्षले गरिरहेका छन् । असल पक्षको जीत भयो भने संघीयतासहितको जनसंविधान बन्छ, होइन खराब पक्षको जीत भयो भने घुमिफिरी उही रुम्जाटार भनेजस्तै लोकतान्त्रिक संविधानको नाममा २०४७ सालकोसंविधान ब्युातन्छ भन्ने विश्लेषकहरूको ठहर छ ...
