
Off The Beat Jan.07th, 2012 :
आजको अफ द बिट : ताजा अपडेट हेर्नुहोस
|
|
|||
Categories
ArchivesFollowers |
पुस २३ इलाम । मतदान केन्द्रको विवादका कारण इलामको फाकफोकमा स्थगित भएको फोटोसहितको मतदाता नामावली संकलन तथा फोटो खिच्ने काम सुरु हुने भएको छ । फाकफोकस्थित खाम्बाङ माध्यमिक विद्यालयमा भएको जिल्लास्थित विभिन्न सरोकारवाला, संघसंस्था र स्थानीय राजनीतिक दल र स्थानीयबासीबीच भएको अन्तर्कृया कार्यक्रममा सहमति भएपछि संकलन कार्य सुचारु हुने भएको हो । प्रमुख जिल्ला अधिकारी जनकराज रेग्मीको प्रमुख आतिथ्यतामा भएको छलफलमा खाम्बाङ माविमा रहेको पुरानो केन्द्रमा मतदान केन्द्र ल्याउन सबै पक्षबाट पहल गर्ने र केन्द्रमा पनि सोही निर्णय लेखी पठाउने सहमति भएपछि आगामी पुष २५ गतेदेखि नामावली संकलन र फोटो खिच्ने काम सुरु हुने जिल्ला निर्वाचन अधिकृत प्रेम काफ्लेले जानकारी दिनुभयो ।
पुस २३ काठमाडौँ । खुला राजनीतिमा आएपछि नयाँबजारको साँघुरो घरमा डेरा जमाइरहेका माओवादी अध्यक्ष प्रचण्ड अब लाजिम्पाट सर्ने भएका छन् । लाजिम्पाट सांगि्रला होटलछेउबाट भित्र छिरेपछि भारतीय दूतावासको केन्द्रीय बिद्यालय आगाडी रहेको एउटा घर अहिले धमाधम रङरोगन र मर्ममसम्भार भइरहेको छ । त्यसको तस्वीर लिन नदिइए पनि त्यहाँ काम गरिरहेका कामदारले प्रचण्डकालागि निवास मर्मत भइरहेको र जनयुद्ध दिवसको अबसर पारेर त्यहाँ सर्न लागेको बताए । प्रचण्डका स्वकीयसचिव समिर दाहालले नयाँ बजारको घर पार्किङ र सुरक्षकर्मी बस्न पर्याप्त नभएको र सुरक्षाका दृष्टिले पनि उपयुक्त नभएका कारण नयाँ घर खोजिएको बताए । समिरले भने लाजिम्पाटको घरमा सर्ने कि नसर्ने भन्नेबारे निर्णय भइनसकेको बताएका छन् । |
Top 10 Posts
|
|
|
Copyright © 2008 KHARBANDI - All Rights Reserved |
|||