विकिलिक्सका संस्थापक असान्जलाई जमानत प्राप्त


रामहरि लामिछाने
डिसेम्बर १५ लन्डन। चर्चित वेवसाइट विकिलिक्सका संस्थापक जुलिआन असान्जलाई बेलायतको अदालतमा जमानत प्राप्त भएको छ। यद्यपी अहिले नै भने असान्जलाई रिहा नगरिने अदालतले जनाएको छ।
असान्जले २ लाख ४० हजार यूरो बराबरको धरौटी रकम भर्नुपर्ने शर्तसहित अदालतले उनलाई रिहा गर्ने तयारी गरेको हो। असान्जलाई स्विेडन सरकारको आग्रहमा गत साता लण्डनमा  गिरफ्तार गरिएको थियो। स्विडेनले असान्जलाई नियन्त्रणमा लिनको लागि गत साता अन्तरराष्ट्रिय रेड कर्नर नोटिस जारी गरेको थियो। उता स्विेडेनले असान्जलाई प्राप्त भएको जमानतविरुद्ध चुनौती दिइने बताएको छ। स्विडेनले असान्जको जमानतविरुद्ध चुनौती दिएमा असान्जले अतिरिक्त ४८ घन्टाको  समय बन्दी गृहमा बिताउनूपर्ने हुन्छ। किनभने असान्जको जमानतविरुद्ध चुनौतीको सुनुवाइले ४८ घन्टाको  समय लिनसक्ने भएका कारण अतिरिक्त समय बन्दी गृहमा बिताउनुपर्ने भएको हो।
स्विडेनमा असान्जलाई यौन अपराध लगायतका ४ वटा मुद्धा लगाइएको छ। असान्जले भने आफूमाथि लगाइएको अभियोग झूठो र राजनीतिबाट प्रेरित रहेको बताउदै आएका छन्। विकिलिक्सले हालैका दिन अमेरिकी विदेश नीति सम्बन्धि गोप्य दस्तावेज सार्बजनिक गर्दै आएको छ। 
 

Leave a Reply