मङ्सिर २९ काठमाडौं । राजधानीमा जारी बि्रटिस गोर्खा कप फुटबल अन्तगर्त आज हुने भनिएको नेपाल पुलिस र सशस्त्र प्रहरीको एपीएफ क्लवबीचको खेल स्थगित भएको छ । प्रविधिक कारणले आजको खेल पुष ५ गतेका लागि सारिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । यसअघि हिजो भएको खेलमा नेपाल आर्मी क्लवलाई १ - शुन्य गोलले पराजित गर्दै जाउलाखेल युथ क्लव प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरिसकेको छ ।
