पुष १ काठमाडौँ। पूर्व युवराज पारस शाहलाई १० हजार रुपैया धरौटीमा रिहा गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले उनलाई फागुन १९ गते उपस्थित हुने गरी धरौटीमा रिहा गरेको हो।
चितवनको टाइगर टप्स रिसोर्टमा गोली चलाएको आरोपमा पूर्वयुवराज पारसलाई सोमबार गिरफ्तार गरिएको थियो। सोमबार नै पारस शाह विरुद्ध जिल्ला प्रशासन कार्यालय चितवनमा सार्वजनिक अपराध ऐन अन्तर्गत अभियोग पत्र दर्ता गरिएको थियो।
जिल्ला प्रसाशन कार्यलाय चितवन अगाडी पुर्व यूवराजलाई हेर्न र स्वागत गर्न हजारौ कार्यकर्ता तथा सर्वसाधारणको घुइचो लागेको थियो।
