१६ भन्दा बढी जलबिध्युत आयोजना निर्माणाधिन : दोलखा


जलविद्ध्युत उत्पादनका लागि धनी मानिने दोलखामा अहिले बिभिन्न स्थानमा १६ भन्दा बढी साना ठुला जलबिध्युत आयोजना निर्माणाधिन छन तर जिल्लाका केही दक्षिणी बासिन्दाहरु भने नियमित रुपमा बिध्युत सेवा उपयोग गर्न पाएका छैनन । जिल्लाको गरिमुदी, मिर्गे, काब्रे,झुले भिरको टपबती लगायतका गाबिसका बासिन्दाहरु बिगत लामो समयदेखी साँझको समय प्राय अन्धकारमै बस्न वाध्य भएका छन । बिध्युत अबरोधका कारण व्यवसायिक रुपमा कुखुरा पालनमा समेत असर पुगेको पवटी गाबिसका व्यवसायी पुरुषोत्तम पाठकले गुनासो गर्नु भयो । कहिले त एक हप्तासम्म पनि बिजुली नआउने गरेको पाठकले गुनासो गर्नु भयो । नेपाल बिध्युत प्राधिकरणको जिरी सव स्टेशनले क्षमता भन्दा बढी लाइन बितरण गरेकोले दैनिक साझमा त लोड सेडिङ जस्तै हुने गरेको छ । उक्त सव स्टेशनको क्षमता कम भएको हुनाले क्षमता भन्दा बढी लाइन बितरण गरिएको हुनाले साझमा बिजुली जाने गरेको स्टेशनका निर बहादुर जिरेलले बताउनु भयो ।                      

Leave a Reply