सप्तरी कारागारका १ बिघा ६ कठ्ठा १२ धुर जग्गा अतिक्रमन: देवराम यादव


सप्तरी कारागारका १ बिघा ६ कठ्ठा  १२ धुर जग्गा अतिक्रमन गरी केही व्यक्तिहरुले बर्षौ देखि घर टहरा निर्माण गरी उपयोग गर्दै छन । राजबिराज नगरपलिका-०७ स्थित २ बिघा १३ कठ्ठा १२ धुर क्षेत्रफल रहेको सप्तरी कारागरको आधा जग्गा अतिक्रमन गरी निजी रुपमा उपभोग गर्दै आएका छन । कारागारको जग्गा अतिक्रमन गरी व्यक्तिहरुले ७४ वटा घर तथा झुप्रोहरु बनाइसकेका छन । जग्गा अतिक्रमन गर्नेहरुलाई पटक पटक सुचना तथा पत्र द्धारा अतिक्रमित जग्गा खाली गर्न दिये पनि कुनै सुनुवाई नभएको कारागारका निमित्त प्रमुख भागवत यादवले जानकारी दिनु भयो ।  

बि सं २०५८ पुष २ गते तत्कालिन प्रमुख जिल्ला अधिकारी ध्रुबराज बाग्लेले अतिक्रमित जग्गामा रहेको घर टहरा हटाउन प्रयास गरे पनि जग्गा खाली गराउन सकेनन । त्यस पछि २०६१ मा तत्कालिन प्रमुख जिल्ला अधिकारी आनन्दराज पोखरेलले जिल्ला मालपोत कार्यालयका तत्कालिन प्रमुख शिवराज सापकोटाको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला बिकास समिति र राजबिराज नगरपालिकाको कार्यालयलाई प्रतिनिधि बनाइ अतिक्रमन हटाउन एक टोली गठन गरेको थियो । गठित टोलिले टहरा हटाउन सुरु गरे पछी टहरा बनाइ बसोबास गरिरहेकाहरुले आन्दोलन थालेपछी टोलिको काम निष्क्रिय भएको थियो । सो टोलिले अतिक्रमित जग्गा खाली गराउनु कानुनी प्रकृया अपनाएको थियो तर टोली निष्क्रिय भएकै कारणले कारागारले जग्गा पाउन सकेन ।

Leave a Reply