पुस १३ काठमाडौँ । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्टहरुमा ध्रुविकरण हुनु आवश्यक रहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार माओवादीका सल्लाहकार हस्तबहादुर केसीद्वारा लिखित 'मार्क्सवादी दर्शन शास्त्रका रुपरेखा' नामक पुस्तकको विमोचनका क्रममा उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा अध्यक्ष दाहालले दस वर्ष जनयुद्ध लडेको पार्टी माओवादीले नै वाम धु्रवीकरणको नेतृत्व गर्न पाउनु संसारका लागि अनौठो घटना भएको बताए । झन्डै दुई तिहाइको सङ्ख्यामा रहेका हामी कम्युनिस्टहरू मिल्न जरुरी रहेको उनको भनाइ छ ।