सुशील पन्त
माघ १३ काठमाडौँ। व्यवस्थापिका संसदमा प्रधानमन्त्री निर्वाचनका लागि आगामी माघ २० गते पहिलो चरणको निर्वाचन हुने भएको छ । व्यवस्थापिका संसदको बिहिबार बसेको बैठकले माघ २० गते विहिबारका लागि प्रधानमन्त्री निर्वाचनको नयाँ मिति तोकेको हो ।
प
हिलो चरणमा प्रधानमन्त्री निर्वाचित नभए दोस्रो चरणको निर्वाचन माघ २२ र तेस्रो चरणको निर्वाचन माघ २३ गते गर्ने कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेको हो । दोस्रो चरणको निर्वाचनमा समेत तेस्रो चरणको मतदानमा दुइजना मात्र उमेदवार प्रतिष्पर्धामा रहने छन ।
प्रधानमन्त्री निर्वाचनको नयाँ तालिका अनुसार माघ १९ गते प्रधानमन्त्रीका लागि मनोनयन दर्ता गर्ने र सोही दिन उमेदवारको नामावली प्रकाशन गरिने कार्यक्रम तय भएको छ । सभामुख सुवासचन्द्र नेम्वाङ्गले प्रधानमन्त्री निर्वाचनका लागि संसदका महासचिव मनोहर प्रसाद भट्टराइलाई निर्वाचन अधिकृत तोकेका छन् । उनलाई बिहिबार नै कार्यतालिका प्रकाशन गर्न निर्देशन दिइएको छ ।
यसअघि गत साउन ५ गते सुरु भएको प्रधानमन्त्री निर्वाचनको पूरानो प्रक्रिया पौष २७ मा अन्त्य भएको थियो । संसदको अर्को बैठक माघ २० गते बस्नेछ ।