नेपाल अपागं महिला सघंको माग

असार २० काठमाडौं ।
नेपाल अपागं महिला सघंले संचार निकायहरुले आफ्ना कार्यक्रम,योजना तय गर्दा अपागंताहरुलाई पनि प्राथमिकता दिईनुपर्ने माग अघि सारेका छन् ।संचार निकायहरुमा अपागंहरुलाई स्थान नदिएको भन्दै रेडियो तथा टीभिमा सन्देशमुलक डकुमेन्ट्री,जिगंल,टेलिफिल्म आदि प्रशारण हुनुपर्ने,अपागंहरुको लेख रचनाकोलागि छुट्टै स्तम्भ हुनुपर्ने माग अघि सारेका हुन् ।

सोमवार काठमाडौंमा अपागंता भएका महिलाको शसक्तिकरण र विकासमा संचार माध्यमको भुमिका विषयक कार्यक्रममा अपागं महिलाहरुको विषयमा सरकार लगायत निजि क्षेत्रबाट खोजि नभएकोमा उनिहरुले गुनासो गरे ।

कार्यक्रममा अपागं महिलाप्रतिको हिंसा,यौन शोषण जस्ता समाजमा जनचेतनामुलक कार्यक्रमहरु संचालन गरिनुर्पे र अपागंता सम्बन्धि मर्यादीत शब्दको प्रयोग गर्नकोलागि उनिहरुले  अनुरोध समेत गरेका थिए ।सांकेतिक भाषालाई सरकारी भाषाको रुपमा सबैले सिक्नुपर्ने बताउँदै अपागं महिलाहरुले सरकारी तथा निजि टेलिभिजनहरुमा सांकेतिक भाषामा समाचार पनि प्रशारण भए आफुहरुलाई सजिलो हुने बताए ।

उनिहरुले अपागं महिलाहरुको शिक्षा,प्रजनन स्वास्थय,रोजगार,पुनस्थापना,सामाजिक सुरक्षाको साथै विभेदकारी ऐन कानुनको अन्त्य गरिनुपर्ने र प्रत्येक कार्यालयमा अपागंमैत्री भौतिक संरचनाको पनि व्यवस्था गरिनुपर्ने आवश्यक्ता रहेको औंल्याए ।नेपालमा ६ प्रतिशत महिलाहरु अपागं अवस्थामा जिवन बिताईरहेको तथ्याकं छ ।

Leave a Reply